गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, उनको अबस्था यस्तो . . .

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । भ्वाइस अफ नेपालको अहिले जारी प्रतियोगिता अन्य सहभागिलाई पनि कोरोना देखिएपछि गत सातादेखि स्थगित भएको थियो ।

एमालेमा विवाद चर्किएका बेला सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तार

सुदूरपश्चिम प्रदेश सरकारमा ८ जना मन्त्री र राज्यमन्त्री थपिएका छन्। नेकपा एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका दुई मन्त्रीलाई हटाएका छन् भने एमालेबाट ६ जना र माओवादी केन्द्रका २ जना नियुक्त गरेका छन्। केहीको मन्त्रालय हेरफेर गरिएको छ।

नयाँ मन्त्री मण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पूर्णा जोशी, उद्योग वन वातावरण तथा पर्यटन मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर सोडारीलाई नियुक्त गरिएको छ।

शाहलाई आन्तरिक मामिलाबाट हटाएर आर्थिक मामिला मन्त्रालय दिइएको हो। यसअघिका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई हटाइको छ। यस्तै सामाजिक विकास राज्यमन्त्रीमा मना साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्रीमा मानबहादुर सुनारलाई नियुक्त गरिएको छ।

अहिलेको नयाँ मन्त्रीमण्डलमा उद्योग वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामी र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्री मानबहादुर सुनार भने नेकपा माओवादी केन्द्रका हुन्। भूमी व्यवस्था तथा कृषिमन्त्री विनीता चौधरीको जिम्मेवारी फेरिएको छैन । ८ जना मन्त्री र राज्यमन्त्रीलाई शुक्रबार प्रदेश प्रमुख गंगाबहादुर यादवले शपथ खुवाएका छन्। नेकपा एमालेको स्थायी कमिटिले सरकारको समर्थन फिर्ता लिएको र आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको अवस्थामा, त्यसको अवज्ञा गर्दै मन्त्रिमण्डल विस्तार भएको हो।

स्वास्थ्यकर्मीलाई हात-पात गर्नुअघि फेसबुकमा यस्तो चेतावनी दिएका रहेछन् रावतले

काठमाडौ । बिहिबार साँझ महामारीमा खटेर काम गरेका नेपालगन्ज स्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई हात पात भएको थियो । बिरामीका आफन्तले ग म्भी र अवस्थाका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आफन्तले एक्कासी हा त पात गरेका थिए । पश्चिम नेपालमैं सबैभन्दा बढी सं क्रमितको उपचार गरिरहेको भेरी अस्पतालमा भएको घ टनाको विरोध भएको छ ।

घटनामा सं ल ग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीलाई हा त पात गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

गृह प्रवक्ता दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ । उक्त गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आ न्दो लित भएका छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्र द र्श न गरेका हुन् ।

यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई हात पात बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

यस्तै, विहिवार साँझ देखी शुक्रवार विहान सम्म बाँकेमा १५ जनाको मृ त्यु भएको छ । यो सँगै यो संगै बाके जिल्लाको मृ त्यु संख्या २६७ रहेको छ । भने, बाहिरी जिल्लाको मृत्यु संख्या २२२ गरी बॉकेमा ४८९ जनाको मृ त्यु भएको फोकल पर्सन तेज वलीले जनाएका छन् ।

कम्मरको कोठीबाट हुन्छ यस्तो संकेत

मानिसको शरीरको रचना जब गर्भमा भइरहेको हुन्छ त्यहि बेला शरीरका अंगमा आउने कोठी समेत बन्ने गर्दछ । तर कोठी देखा पर्न भने समय लाग्छ अर्थात जन्मको केही समयपछि मात्र देखिने गर्दछ ।यस्तोमा महिलाको शरीरको कतिपय अंगमा हुने कोठीलाई शुभ संकेतका रुपमा ज्योतिष शास्त्रमा मान्ने गरिन्छ ।

साधारणतया महिलाको शरीरका बायाँ अंगमा हुने कोठी शुभ मानिन्छ भने पुरुषको दायाँ अंगमा हुने कोठीलाई शुभ मानिन्छ । ज्योतिष शास्त्रको मान्यता अनुसार कतिपय कोठीका माध्यमले समेत व्यक्तित्व र भाग्य बारे जान्न सकिन्छ ।

ज्योतिषिय मान्यता अनुसार कम्मरमा कोठी हुनु अशान्त मनको सुचक हो । यस्ता व्यक्ति अक्सर मानसिक समस्या र चिन्तामा रहने मान्यता छ । तर महिलाको हकमा भने कम्मरमा कोठी भएमा यस्ता महिला रोमान्टिक हुने मान्यता छ ।

कोठीको आकारलाई समेत ज्योतिष शास्त्रमा महत्वपुर्ण मानिन्छ । ठुलो कोठी भएमा सामान्यतया राम्रो सुचक मानिन्छ । अझ टाउको वा दाइने तर्फ कोठी भएमा यसले ऐश्वर्य र सुख भाग्य दिने प्रतिकको रुपमा मानिन्छ ।

ज्योतिष शास्त्र अनुसार व्यक्तिको शरीरमा १२ भन्दा बढि कोठी हुनु राम्रो मानिदैन ।

१० वर्षदेखि छोरीमात्र जन्मेको गाउँ ! जहा छोराको जन्म नै हुदैन . .

विश्वमा केही यस्ता ठाउँ छन् जो त्यहाँको मौसम, प्रकृति वा विकासका कामले चर्चित छन् । तर विश्वमा एक यस्तो गाउँ छ जहाँ केवल छोरीको मात्र जन्म हुने गरेको छ ।

पोल्याण्डको मिजेस्के ओद्रजेनस्की गाँउमा पछिल्लो एक दशकयता छोराको जन्म भएको छैन । अर्थात विगत १० बर्षदेखि यस गाउँमा छोरी मात्र जन्मिएका छन् । यस गाउँमा छोरी मात्र जन्मन्छन् भन्ने विषयको खुलासा तब भयो जब अग्निशामकोको यूवा स्वयम्सेवकलागी एक क्षेत्रीय प्रतियोगितामा पूरै टिम केवल केटीको मात्र थियो ।

१० बर्षदेखि छोरा नजन्मिएको यस गाउँमा मेयरले कसैको घरमा छोरा जन्मिएमा उपहार दिने बताएका छन् । ओद्रजेनस्की गाँउमा करिब ३ सय मानिको बसोबास छ । यस गाउँका बारेमा जानेपछि वैज्ञानिकले समेत बुझ्ने प्रयास गरेका छन् । साथै मिडियाले समेत यसबारेमा चासो दिँदै आएका छन् ।

कोरोना लागेकी श्रीमती छोडेर श्रीमान कता हराए, आमा रुदै मिडियामा (भिडियो)

घनबहादुर जिसी हराएको करिब ५ दिन भयो । उनी पोखरामा कोरोना लागेकी श्रीमतीको उपचारका लागी आएका थिए । जिसी पोखराको गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका हुन् ।

घरमा आमालाई फोन गरेर आफूलाई पनि गाह्रो भएको बताएका जिसी अन्य सहयोगी आएपछि बेपत्ता भएको परिवारले बताएको छ । उनका आफन्तका अनुसार अन्य बिरामी कुरुवा आएपछि उनी अस्पतलाबाटै हराएका हुन् ।उनको खोजीका लागी जिल्ला प्रहरी कार्यालय कास्की र उनका आफन्तहरु लागि परेका छन् । आखिर किन आफ्नी बिरामी श्रीमती आईसियूमा छोडेर उनी बेपत्ता भए । हेर्नुहोस् यो भिडियो ।

यो पनि , स्थानीय तहमा अक्सिजनसहित कोभिड अस्पताल कोरोना भाइरसको दोस्रो लहर व्यापकरुपमा फैलिएपछि सङ्क्रमितका लागि जुम्लाका स्थानीय तहले अक्सिजनसहितका कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । यहाँका सात गाउँपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् । स्थानीय तहका कोभिड अस्पतालमा न्यूनतम तीनदेखि ३० अक्सिजन सिलिण्डरसम्म व्यवस्थापन गरिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।

जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजीक भएकाले कोभिड अस्पताल सञ्चालन गरेको छैन । यहाँको गुठीचौर गाउँपालिकामा पाँचवटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएका छन् । पच्चीस सिलिण्डर खरीद प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो ।

चिकित्सक र अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्कसँग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । अहिलेसम्म अक्सिजन दिनुपर्ने बिरामी भर्ना भएका छैनन् । बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन नदिइने उहाँ बताउनुहुन्छ । लक्षणसहितका कोरोना सङ्क्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ । गाउँपालिकामा १० श्ययाको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

हिमा गाउँपालिकामा तीन, तिला गाउँपालिकामा तीन, सिँजा गाउँपालिकामा दुई र कनकासुन्दरी गाउँपालिकामा पाँच अक्सिजन सिलिण्डरसहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हिमाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताउनुभयो । पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरीद प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले यहाँका हरेक स्थानीय तहमा एक एक चिकित्सक खटाइने जनाएको छ । यहाँका स्थानीय तहमा न्यूनतम २५ देखि अधिकतम ५० श्ययासम्मका आइसोलेशन सेन्टर निर्माण गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई दृष्टिगत गर्दै अक्सिजन बैंक स्थापना गर्ने जनाएको छ । सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यान्नको बैंक बनाएर केन्द्रको निर्णयबमोजिम वितरण गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

यी सुन्दरी युवतीले यस्तो इच्छा राखिन् जसका कारण देशै छोड्नु पर्यो ? थाहा पाउदा तपाई पनि अचम्ममा पर्नु हुनेछ !

नेपालमा कुन काम महिलाले कुन काम पुरुषले गर्ने भनेर गरिएका निर्धारणहरु बिस्तारै हट्दैछन् । महिला र पुरुष दुबै बराबर हुन् भन्ने मान्यताले ठाँउ पाउँदैछ, जुन समानताको एक उदाहरण पनि हो । तर सबै देश नेपाल जस्तै छैनन् ।

अब अफगानिस्तानलाई नै हेरौं, त्यहाँ एक युवतीले साइकल चलाउने इच्छा राखिन् तर उनको इच्छामा तालिवान भन्ने एक समुह बाधक भयो । उसले ती सुन्दरीको ज्या नै लि ने सम्भावना बढेपछि उने देशै छोड्नु पर्यो । तर अफगानिस्तानकी ती साइकल खेलाडी मासुमाह अली जादाले शरणार्थी ओलिम्पिक्स टोलीबाट टोक्यो ओलिम्पिक्समा सहभागी हुने आशा गरेकी छन् ।

तालिबानबाट ख त रा हुन सक्ने र महिला साइकल खेलाडी भएका कारण परेको सामाजिक दबावका कारण सन् २०१६ मा परिवारसहित उनले अफगानिस्तान छाडिन् । उनी अहिले शरणार्थी रूपमा फ्रान्समा बस्छिन् । सन् १९९० को दशकमा अफगानिस्तानमा तालिबानको शासन हुँदा बालिकाहरूलाई विद्यालय जान निरुत्साहन गरिन्थ्यो र महिलाहरूलाई काम गर्न दिइन्थेन ।

अफगान सरकार र उसका सहयोगीहरूले त्यसयता तालिबानसँग यु द्ध गरिरहेका छन्। पछिल्ला केही महिनाहरूमा सर्वसाधारण र त्यसमा पनि विशेषगरि ख्याति कमाएका महिलाहरू लक्षित तालिबान आ क्र म ण बढ्दो क्रममा छ ।

विपक्षीलाई राय दिएर पक्षमा बहस गर्ने ३ वकिलको लाइसेन्स रद्द होस् : महान्यायाधिवक्ता

महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ता शम्भु थापासहित ३ अधिवक्ताको लाइसेन्स खारेज गर्न माग गरेका छन् ।

प्रतिनिधि सभा विघटनको मुद्दामा विपक्षी बनाइएका सभामुख अग्नि सापकोटालाई राय दिएर रिटको पक्षमा बहस गर्न आएका अधिवक्ताहरूको लाइसेन्स खारेज गर्नुपर्ने उनको माग छ ।

‘रिट निवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तीनै जनालाई निवेदकहरूले विपक्षी बनाएका छन्,’ महान्यायाधिवक्ता बडालले लोकान्तरसँग भने, ‘अनि एकातर्फ रिट निवेदकको विपक्षी रहेका सभामुख सापकोटालाई भेटेर सल्लाह दिने र अर्कातर्फ सभामुख विपक्षी भएको मुद्दामा रिट निवेदकको पक्षबाट बहस पनि गर्ने, यो कसरी हुन्छ?’

पक्ष र विपक्ष दुवैतर्फको वकिल हुन नमिल्ने उनले बताए ।

‘त्यो आचारसंहिता विपरीतको कुरा भएकाले सभामुखको पक्षमा सल्लाह दिन जाने र यहाँ अदालतमा उनको विपक्षमा बहस पनि गर्ने वकिलको लाइसेन्स खारेज हुनुपर्छ,’ इजलासमा आफूले राखेको विषयवस्तुबारे लोकान्तरसँग बडालले भने, ‘विगतमा यसरी पक्ष र विपक्ष दुवैतर्फ हुने वकिलको लाइसेन्स खारेज भएको हुनाले त्यस्ता वकिलको लाइसेन्स खारेज हुनुपर्छ ।’

उनले सभामुखलाई राय दिन गएका अन्य अधिवक्ता पनि इजलासमा बहस गर्न आउन नमिल्ने बताए ।

‘हिजो धेरैजना वकिलहरू सभामुखलाई राय सल्लाह दिन जानुभएको थियो, त्यसमध्ये आज वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराई आएर सभामुखको विपक्षमा बहस गर्नुभएकाले उहाँ तीनै जनाको बार लाइसेन्स खारेज हुनुपर्छ,’ बडालले लोकान्तरसँग भने ।

बार काउन्सिलमा त्यसविरुद्ध उजुरी परे तीनैजना कानून व्यवसायीको अधिवक्ताको लाइसेन्स खारेज हुने उनले बताए।

हिजो सभामुख सापकोटालाई सल्लाह दिने अन्य वरिष्ठ अधिवक्ताहरू डा. भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली लगायतले आगामी दिनमा सभामुख विपक्षी भएको रिटमा बहस गर्न नमिल्ने बडालले बताए ।

‘आज उहाँहरू बहस गर्न आउनुभएन । आएर सभामुख विपक्षी भएको मुद्दामा रिट निवेदकको तर्फबाट बहस गर्नुभयो वा वकालतनामा भर्नु भयो भने उहाँहरूको पनि लाइसेन्स खारेज हुन्छ,’ उनले भने ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारदेखि सुनुवाइ शुरू भएको छ ।

शुक्रवार बहसका क्रममा प्रतिनिधि सभा पुन:स्थापना सहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गराई पाऊँ भन्दै परेको रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता गोविन्द बन्दीले इजलास गठनप्रति नै आपत्ति जनाए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठसहित ५ सदस्यीय इजलास गठन भएको छ।

इजलासमा सुनुवाइ भइरहेका बेला रिट निवेदकका तर्फबाट बहस गर्न पुगेका अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठलाई चयन गरिएकोमा आपत्ति जनाएका थिए।

‘नेकपा पार्टी फुटाउने गरी फैसला गर्ने न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठ्नु स्वाभाविक हो । उहाँ इजालसमा रहँदासम्म कसरी निष्पक्ष न्याय सम्पादन हुन्छ?’ प्रश्न गर्दै बन्दीले इजलासबाट श्रेष्ठलाई हटाएर अर्को न्यायाधीश राख्नुपर्ने बताएका थिए ।

त्यसपछि प्रधानन्यायाधीश जबराले व्यक्तिको विषय नउठाउन आग्रह गरे ।

‘न्यायाधीशको निष्पक्षतामाथि प्रश्न नउठाऔं । आज एकजनाले एउटा न्यायाधीश , भोलि अर्को जनाले अर्को न्यायाधीशमाथि प्रश्न उठाएर हुँदैन,’ जबराले भने, ‘व्यक्तिको विवादमा नलागौं, हामीमाथि विश्वास गर्नुस् ।’

अधिवक्ता बन्दीको यही मागपछि महान्यायाधिवक्ता बडालले इजलासमा उपस्थित भएर बन्दीले बहस गर्न नमिल्ने बताएका थिए ।

 

बिवाह गर्दागर्दै बेहुला बीचबाटै भागेपछि बेहुलीको सोही मण्डपमा अर्कैसँग विवाह . . . .

एजेन्सी । संसारमा अनेक घटना हुन्छन् । जसले मानिसको जिवनमा नै असर गर्छ । हिन्दु धर्मशास्त्र अनुसार विवाह बन्धन सात जुनीसम्मको नाता हो। त्यसैले यो सम्बन्धलाई निकै सम्मानका साथ निभाइन्छ । हिन्दु धर्ममा विवाहलाई दुई परिवारबीचको सम्बन्धका रुपमा लिइन्छ । त्यसैले विवाहमा वेहुला र वेहुली मात्र होइन दुई परिवारबीचको नाता सम्बन्ध जोडिने भएकाले यसको ठूलो महत्व हुन्छ ।

तर आधुनिक समाजमा यसको महत्व कम हुँदै गएको भान हुन्छ । विवाहको निर्णय गरेर पनि अन्तिम अवस्थामा धोका भएका कति उदाहरण छन् । तर यहाँ त विवाह मण्डप वाटै बेहुला हराएका छन् । जन्ती लिएर वेहुलीको घरमा पुगेका बेहुला विवाह गर्दागर्दै आधामा छोडेर भागे पछि वेहुलीको अवस्था के भयो होला ?

यस्तो घटना भारतको कर्नाटकको चिकामगालुरु जिल्लाको तिरिकारे तालुक गाउँमा भएको छ । आधा विवाह गर्दागर्दै बेहुला नबीन विवाह समारोहबाट भागेका हुन्। बेहुला हराएपछि उनको खोजी गरियो तर उनी फेला परेनन् । यो घटनाले बेहुला र बेहुलीकै परिवार विक्षिप्त बनेका थिए। अनेक प्रयास गर्दा पनि नवीन नभेटिएपछि बेहुली सिन्धुले विवाहमा पाहुनाको रुपमा उपस्थित भएका एक पुरुषसँग सोही मण्डपमा विवाह गरेका थिए।

सिन्धुको परिवार र ती पुरुषका परिवारबीच सहमति भएपछि विवाह गरिएको बैंगलौर मिररले जनाएको छ। यो घटनापछि बेहुलीको परिवारले विवाहको दिन भाग्ने नबीन र उनका परिवारमाथि मानहानीको मुद्दा हालेका छन्।

 

प्रतिनिधिसभा विघटनको मुद्दामा अर्को सुनुवाइ जेठ १६ गते हुने . . .

प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको सुनुवाइ आइतबारलाई सरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो।

शुक्रबार बसेको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ।

विघटनविरूद्ध परेका रिटउपरको सुनुवाइ संवैधानिक इजलासमा लगिएको थियो।

विभिन्न पाँच राजनीतिक दलको तर्फबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने, प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने लगायत माग राखेर निवेदन दिइएको थियो।

किड्नी खराब हुन लागेको, शरीर ले दिन्छ यी ३ संकेत, भुलेर पनि बेवास्ता नगर्नुहोस ।

मृगौला स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ किनकि मृगौलाले हाम्रो शरीरमा उपस्थित सबै फोहोर हटाउने काम गर्दछ, यसैले आज हामी तपाईलाई केहि मिर्गौला फेल हुनु भन्दा पहिले शरीरमा कस्ता लक्षणहरू देखा पर्न सक्छ भनेर बताउन जाँदैछौं।

मिर्गौला वरिपरि दुखाइ
यदि एक व्यक्तिले मिर्गौला वरिपरि पीडा महसुस गर्दछ भने, यो मिर्गौलामा जम्मा हुने फोहोरको संकेत हुन सक्छ किनकि जब शरीरबाट फोहोर बाहिर निस्कन्दैन, तब सबै फोहोर मिर्गौला नजिकै जम्मा हुन्छन्। जसको कारण, मिर्गौला नजिक अचानक दुखाई हुन शुरू हुन्छ।

खुट्टा अचानक सुनिनु
कहिलेकाहीं मृगौला खराब हुनु भन्दा अघि खुट्टा अचानक सुनिन आउँछ किनभने जब मिर्गौलाले फोहोर जमाउँछ, मिर्गौलाले राम्रोसँग काम गर्दैन र रगत प्रवाह सुस्त र ढिलो हुन्छ। खुट्टामा रगतको प्रवाह असाध्यै तेज भएको कारण खुट्टा सुनिन आउँछ ।

शरीरमा एलर्जी
जब मिर्गौलाले राम्रोसँग काम गर्न असमर्थ हुन्छ भने शरीरमा धेरै फोहोर जमाउँछ । जसको कारणले शरीरमा कुनै पनि चीजको कारणले एलर्जी हुन थाल्छ किनभने जब मिर्गौलाले ठीकसँग काम गर्न सक्दैन तब शरीरमा भएको फोहोर रगत यसमा मिसिन्छ, जुन सम्पूर्ण शरीरमा फैलिदै जान्छ ।

जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन ।

मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ । अतः यहाँ मृगौला खराब हुँदा देखिने सुरुवाती लक्षणहरु दिइएको छ ।

– मृगौलामा समस्या हुँदा पिसाबको मात्रा र पिसाब हुने समयमा परिवर्तन हुन्छ ।

– पिसाबको मात्रा अचनाक कम हुन्छ वा बढ्छ ।

– पिसाबको रंग वाढा हुन्छ ।

– पटक पटक पिसाब आएको महसुष हुन्छ तर, पिसाब आउँदैन ।

– पिसाब गरेको समेमा दुख्छ ।

– पिसाबका रगत देखिन्छ ।

– हात, खुट्टा, अनुहार सुन्निछ ।

– अत्याधिक शारीरिक थकावट तथा कमजोरी महसुष हुन्छ ।

– चिडचिडापन आउँछ । कुनैपनि काममा एकाग्रता हुँदैन ।

– हरेक समय चिसो महसुष हुन्छ ।

– छाला चिलाउन थाल्छ ।

– मुखमा दुर्गन्ध आउँछ ।

– वान्ता हुन्छ ।

– भोक लाग्दैन ।

– सास लिन असुविधा हुन्छ ।

– हरेक समय कम्मरको भाग दुख्छ ।

के कारणले हुन्छ मृगौलाको समस्या

जब मृगौलामा अत्याधिक दबाब वा तनाव हुन्छ, यस्तो परिस्थितीमा मृगौलामा समस्या हुन्छ ।

१. उच्च रक्तचापले मृगौलालाई असर गर्न सक्छ । किनभने उच्च रक्तचापमा हाम्रो रक्त धमनीमा अत्याधिक दबाव पर्छ । यसले हृदय रोग निम्त्याउन सक्छ ।

२. यदि मधुमेहका रोगीले मधुमेहमा नियन्त्रण गर्न सकेन भने शरीरमा अत्याधिक ग्लुकोजको निर्माण हुन्छ । यहि ग्लुकोज जम्मा हुँदा मृगौला हुने स-साना फिल्टरमा समस्या हुन्छ । त्यही कारण मृगौलाले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सक्दैन । फलत, मृगौला खराब हुनसक्छ ।

३. जब हाम्रो शरीरमा अचानक रक्तप्रवाह रोकिन्छ, त्यस्तो अवस्थामा पनि मृगौलाले काम गर्न छाड्छ ।

४. जब हाम्रो शरीरले मुत्र त्याग गर्न असमर्थ हुन्छ, यस्तो परिस्थितीमा पनि हाम्रो शरीरमा विषाक्त पदार्थ निर्माण हुन थाल्छ । यहि कारण मृगौलामा अतिरित्त भार पर्छ ।

५. मृगौलाको आसपास रगत जमेको छ भने पनि मृगौलाको कार्यप्रणालीमा नराम्रो असर पर्छ ।

६. शरीरमा कुनैपनि प्रकारका संक्रमण भयो भने पनि मृगौलालाई असर गर्छ ।

७. अत्याधिक मात्रामा नसालु पदार्थ, मदिरा आदि सेवन गर्दा पनि मृगौलाले आफ्नो काम गर्न असमर्थ हुन्छ ।

८. विभिन्न प्रकारका एन्टिबायोटिक्स गोली लिँदा मृगौलामा हानी पुग्छ ।