August 14, 2020

अभिनेता शिव श्रेष्ठका छोरा ‘लप्पन छप्पन २’ वाट डेब्यु गर्दै !उनि संगको रमाइलो कुराकानी , (भिडियो सहित)

कुनै जमानाका निकै चर्चित एक्सन नायक हुन् शिव श्रेष्ठ  । अहिले उनको पदलाई पटछ्याउँदै उनका छोरा शक्ति श्रेष्ठ पनि फिल्म क्षेत्रमा आएका छन् । उनले मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ मा डेब्यु गरेका छन् । सो फिल्मको टिजर पनि सार्वजनिक भएको छ । अन्य कलाकारका छोराछोरीले एउटा आधार बनाइसकेको बेलामा शिव श्रेष्ठका छोरा भने फिल्म क्षेत्रमा अलि पछि आएका छन् ।

यस विषयमा उनी भन्छन्, जे कुराको लागि पनि समय आउनु पर्छ, मेरो समय अहिले आयो अनि म यो क्षेत्रमा आए । उनले आफ्नो पहिलो कामवाट नै निकै आशावादी भएको बताएका छन् । यो चलचित्रवाट आएको सुझावलाई आफुले संवेदनशिल रुपमा लिने र आगामी दिनमा सुधार गर्दै जाने बताएका छन् । उनको डेब्यु फिल्म लप्पन छप्पन २ को शुक्रवार दिउँसो सार्वजनिक भएको टिजरमा तीन सय मिलियन डलर हत्याउन पात्रहरुले गर्ने चलखेल देखाइएको छ । टिजरमा फिल्मको मेकिङ क्वालिटी निकै उच्च देखिन्छ । पुरुषोत्तम प्रधानको छायांकन उस्तै सानदार छ ।

फिल्मको मूलकथा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा र अनुपविक्रम शाहीको वरिपरि घुमेको टिजरमार्फत् खुलाइएको छ । फिल्ममा शिवले सौगातको पिताको भूमिका निभाएका छन् । सौगात र अर्पण भिन्न लुक्समा प्रस्तुत छन् । गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरीलगायतका कलाकारको पनि फिल्ममा अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ बाट अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गरेका हुन् । फिल्ममा उनी प्रहरी अफिसरको भूमिकामा छन् । टिजरमा पनि उनको एक झल्को देख्न सकिन्छ । त्यस्तै, यो फिल्मबाट केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले पनि अभिनयमा डेब्यू गर्ने अवसर पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *