जहाँ दिनमा तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ

पृथ्वीमा दिन र रात छुट्टिनुको पछाडि सूर्यको उदय र अस्त हो । दिनमा एकपटक मात्रै सूर्य उदाउँछ भन्ने कुरा त सबैलाई थाहा भएकै हो । तर यस्तो ठाउँ जहाँ प्रत्येक दिन तीनपटक सूर्योदय र सूर्यास्त हुन्छ भन्ने चाहिँ तपाईंलाई थाहा नहुन सक्छ । तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो सत्य हो र वैज्ञानिकहरुले यो कुरा पत्ता लगाएका छन् ।

ग्रह तीन ताराको परिक्रममा लगाउँछ

वैज्ञानिकहरुले केही समय पहिले एक नयाँ ग्रहको खोजी गरेका थिए । जुन ग्रह पृथ्वीबाट ३४० प्रकाश वर्ष टाढा र बृहस्पति ग्रहभन्दा चार गुणा बढी तौल रहेको छ । यो ग्रहले तीनवटा तारालाई परिक्रमा लगाउँने गर्छ । यो यस्तो ग्रह हो, जहाँ प्रत्येक दिन तीनपटक सूर्योदय र सूर्यास्त हुने गर्छ ।

नयाँ ग्रहको उमेर १ दशमलब ६ करोड वर्ष

वैज्ञानिकहरुले आफ्नो अध्ययनमा नयाँ ग्रहको उमेर १ दशमलब ६ करोड वर्ष रहेको बताएका छन् । यहाँ पृथ्वीको कुरा गर्ने हो भने पृथ्वीको उमेर ४ दशमलब ५ अर्ब वर्ष हो ।

यस्तो के कारण हुन्छ भने पहिलो पटक निर्मित ग्रह अत्यधिक तातो हुन्छ । त्यस्तो ग्रह सेलाउन अत्यन्तै धेरै वर्ष लाग्छ । यो तारा प्रणाली पृथ्वीबाट ३ सय प्रकाशवर्ष टाढा एक खुला ताराहरुको समूहको भाग हो । जसलाई वैज्ञानिकहरुले एसोसिएसन भनेका छन् ।

टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः

– टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन्। गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ।

– टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ। किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन्।

– टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन्। एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ।

– टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ। यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन्।

– टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ।

– वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस्। किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ।

– अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ। एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *