मातेको सुरमा ट्याक्सी चढेर तीन देशको यात्रा, बिल आउँदा बेहोस !

विश्वका सबै मानिसहरु नयाँ वर्षको उत्सवमा धुमधामसाथ झुमिरहेका थिए । तिनैमध्ये एकजनालाई भने नयाँ वर्षको उत्सव मनाउँदा महँगो परेको छ ।

मातेको सुरुमा एकजना नर्वेजियन नागरिकले नयाँ वर्षको राति ट्याक्सी भाडामा लिए । उनले भाडामा लिएको ट्याक्सीले तीनवटा देश नै छिचोल्यो ।

जब उनी तीन देश घुमेर फर्किए तब बिल आयो २२०० डलर (२ लाख २ हजार २ सय रुयैयाँ) को । ३१ डिसेम्बरमा यी व्यक्ति कोपेहेगन नदी किनारमा पार्टीमा रमाइरहेका थिए । पार्टी सिएपछि मातेर लठ्ठ भएका यी व्यक्तिले ६०० किलोमिटर परको ओस्लोका लागि ट्याक्सी बुक गरेका थिए । यस ६ घन्टाको यात्रामा उनले तीन देश डेनमार्क, स्विडेन र नर्वेको यात्रा गरे ।

पुलिसका अनुसार जसै उनी आफ्नो घर पुगे, तब उनी हतार हतारमा सुते । ट्यक्सी ड्राइभर भने बाहिर बसिरहे । उनी ट्याक्सीको भाडा बापदको २२ डलर कुरेर बसेका थिए । तर उनलाई बोलाउन कोही पनि घर बाहिर निस्किएनन् ।

कुर्दा कुर्दै उनको ट्याक्सीको ब्याट्री पनि सकियो । त्यसपछि ट्याक्सी ड्राइभरले ओस्लो पुलिसको सहयोग मागे । पुलिसले ट्विटमार्फत रक्सीले मातेर २२ सय डलर ट्याक्सीको बिल तिरेको पुरै कथा सार्वजनिक गरेको छ ।

के कफी स्वस्थकर छ?

कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथसाथै नकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ।

२० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको छ।

उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज,‚ कलेजोसम्बधी रोग‚ कोलोरेक्टर क्यान्सर‚, अल्जाइमर र छालाको क्यान्सरको रोकथाममा पनि सहयोग गर्ने उल्लेख छ।

तर, कफी कस्तो अवस्थामा पिउने भन्ने कुराको हेक्का राखेरमात्र पिउनुपर्छ। होइन भने यसले अनेक रोग निम्त्याउन सक्छ। यसमा कफिनको मात्रा बढी हुने भएकाले निद्रा नलाग्ने हुन्छ।

यदि गर्भवती महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतन हुन सक्ने‚, शिशु अपरिपक्व जन्मनेलगायतका समस्या देखिने अध्ययनले देखाएको छ।

बढी मात्रामा कफिन मिश्रित पदार्थ पिउनाले मुटूको धड्कन दर औसतको भन्दा बढी हुने अमेरिकन हार्ट एशोसियसनका प्रवक्ता भिन्स बफालिनोले बताए।

‘हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले वृद्धि हुन्छ। यदि मानिस स्वस्थ छ भने दैनिक २ कपसम्म कफि पिउनु नराम्रो होइन तर यदि आफ्नो अवस्था प्रतिकूल छ भने कफिन पदार्थबाट बनाइएका कुनैपनि कुराको सेवन नगर्नु नै उचित हुन्छ‚’ डिक्याफिनेटेढ कफीमा पनि कफिन पदार्थ हुने भन्दै बफालिनोले भने‚ ‘यदि तपाईं दैनिक ३ कप डिक्याफिनेटेड कफी पिउनुहुन्छ भने मैले यसलाई पनि रोक्ने सल्लाह दिन्छु।’

अत्याधिक कफी पिउनाले यसमा रहेको कफिन पदार्थका कारण पिशाबमा पाइने क्याल्सियमलाई घटाउन मद्दत गर्छ।’पर्डि युनिभर्सिटीका न्युट्रिसन साइन्सका प्रोफेसर कोनी वेभरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *