अनुहार सुन्दर राख्ने ७ उपाय

CWACRF

अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ।

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ। गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन।

२. अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ।

३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ। जस्तोः दहिले क्लिन्जङको काम गर्छ। काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ।

४. अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ।

५. अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस, दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ।

६. जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ।

सिता पाठक, ब्युटिसियन

हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन्। गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ।

टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ। किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन्।

टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन्। एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ।

टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ। यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन्।

टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ।

वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस्। किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ।

अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ। एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *