कतारले तोक्यो नेपाली श्रमिककाे न्यूनतम पारिश्रमिक : कति भयो त न्यूनतम पारिश्रमिक

कतारले आफ्नो देशमा काम गर्न आउने कामदारको न्यूनतम पारिश्रमिकको दर तोकेको छ ।

साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । सबै देशका कामदारलाई समान रुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन पारित गरिएको हो । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ ।
कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ ।

कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने भएकाले यो कार्यान्वयनमा आउने छ । मन्त्रिपरिषदको निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने कतारका प्रशासनिक विकास, श्रम र सामाजिक मामिलामन्त्री युसुफ मोहम्मद अल ओथमान फक्ह्रोले जानकारी दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन।

एकहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा आज राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले नागरिकको स्वतन्त्रता, मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई यस कार्यमा सहयोग गर्न आग्रह गरेका हुन ।

गृहमन्त्री थापाले भने, नेपाल ‘समृद्ध नेपाल : सुखी नेपाली’को अभियानमा छ, मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ । उनले मानव अधिकार आयोगले कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेर पठाएका निर्णयहरु केही कार्यान्वयन गरेको र केही कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

गृहमन्त्री थापाले सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउनका लागि ऐन संशोधनको अन्तिम तयारीमा रहेको र छिट्टै ऐन संशोधन हुने विश्वास दिलाए ।

आयोगका अध्यक्ष अनुपराज शर्माले बाल विवाह, महिला हिंसा, मानव बेचबिखन यथावत रहेको, पीडितहरूको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसकेको र समाजमा जातीय भेदभाव विद्यमान रहिरहेको बताए ।

आयोगले स्वास्थ्य सेवामा सबैको पहुँच नभएकाले नै संविधान प्रदत्त मौलिक हक अझै सहजरूपमा नागरिकले उपभोग गर्न नसकेको, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, महिला, ज्येष्ठ नागरिक, लैङ्गिक अल्पसङ्ख्यकलगायतका तप्कालाई राज्यले विशेष ध्यान दिन नसकेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *