प्याजको मूल्य बढेपछी प्याज जोगाउँन चुनौती :-४० टन प्याज बाटैबाट लुटियो

भान्सामा परिकारमा थप मिठास ल्याउँने प्याजको मूल्य यतिबेला धेरैको सातो जाने भएको छ । हुन त प्याज बिना पनि परिकारहरु त्यती नै मिठा र स्वादिला हुन्छन् तर पनि प्याजको मूल्य बढेकोले गृहणीहरुलाई भने त्यसले समस्या पारेको छ । नेपाल , भारत र बंगलादेश जस्ता देशहरुमा प्याजको मूल्य दिनप्रतिदिन बढिरहेको छ । नेपाल र भारतको तुलनामा बंगलादेशमा प्याज झनै महंगो भएको छ। सोही कारण पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले त झन प्याज नै नखाने घोषणा समेत गरेकीछिन् ।

यता प्याजको मूल्य बढेपछि भारतमा यसको ढुवानीमा समेत चुनौती सुरु भएको छ । केही दिन अघि मात्र भारतको एक तरकारी पसलबाट गल्लामा भएको पैसा नचोरिकन प्याजका केही बोरा चोरिएको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार आएको केही दिन नबित्दै फेरी भारतमा प्याज बोकेको ट्रक नै लुटिएको छ । घटना हो उत्तर प्रदेशको । उत्तर प्रदेशबाट गोरखपुरतर्फ जाँदै गरेको प्याज बोकेको ट्रकलाई लुटेराहरुले बाटैमा रोकेर ४० टन प्याज चोरी गरेका हुन् ।

थोक व्यापारी प्रेम चन्दको प्याज बोकेको ट्रक प्रहरीले रित्तो फेला पारेको छ । ट्रक समयमा नै नआएपछि खोजी हुँदा प्याजले भरिएको ट्रक लुटिएको भारतको दैनिक अखबार हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ। उक्त ट्रक मध्यप्रदेशको शिवपुरी जिल्लामा हिजो बिहिबार रित्तो फेला पारिएको हो । दिनानुदिन प्याजको मूल्य बढिरहेको कारणले नै प्याजको ट्रक लुटिएको प्रहरीले अनुमान गरेको छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *