रेस्टुरेन्टमा खान लागेको प्लेटको मासु हिडेपछी… भयो भाइरल (भिडियो सहित )

एक महिलाको साथ अनौठो  घट’ना घटेको छ । फ्लोरिडा निवासी एक महिलाले भोगेको घटना भिडियो क्लिप मार्फत Rie Phillips नामक फेसबुक एकाउन्टमा सियर गरेकी छिन् । जहाँ देख्न सकिन्छ- “उनले रेस्टुरेन्टमा पुगेर मासु अर्डर गरिन । अर्डर अनुसार उनको सामू आइपुगेको मासु प्लेटमै हिड्न थाल्छ । उफ्रदै, घिस्रदै प्लेटबाट टेबलमा पुग्छ । त्यसपछी पनि हिडीरहन्छ । र, टेबलबाट भुँईमा खस्छ ।” महिलाले मृत मासुको टुक्राको यात्रा आफ्नो क्यामरामा कैद गरेकी छिन्।

उक्त भिडियोलाई ४० लाख पटक भन्दा ज्यादा मानिसले हेरिसकेको छन् । एक फेसबुक प्रयोगकर्ता उक्त घटनालाई मासुमा धागो बाधिएको र धागोको कारण मासुले ब्रेक डान्स हानेको बताउँछन् भने अर्का फेसबुककर्ता छाला ताछिएको मासुको टुक्रा भ्यागुतोको हुनसक्ने अड्कलबाजी लगाईरहेका छन् । कोहि बताईरहेका छन् कि “मासु एकदम ताजा थियो । जसरि उसको हड्डी तोडियो, त्यो ठिक थिएन होला ।

भिडियोमा हेर्नुहोस्

खानाको सोखिन फिल्पिसले आफ्नो फेसबुकमा विभिन्न भिडियोहरु सियर गर्दै आइरहेकी हुन्छिन् । यसकारण यो बताउन गाह्रो छ कि यो साच्चै भएको हो या उनले भिडियोको लागि यसो गरेकी हुन् ।

मेल अनलाइनको अनुसार फिलिप्स फ्लोरिडाकै स्थानीय एशियन रेस्टुरेन्टमा मासु खान गएकी थिइन् ।\

Leave a Reply

Your email address will not be published. Required fields are marked *