मृ त्यु भएका भारतीयलाई वडा कार्यालयमा ल्याएर नेपाली नागरिकता माग

मलंगवा : लुडो खेलमा विवाद हुँदा बिहीबार राति रड हानाहान भयो। त्यसमा सख्त घाइते भएका ३० वर्षीय बिकाउ साहको उपचारका क्रममा शुक्रबार वीरगन्जमा मृ त्यु भयो। घाटमा पुर्‍याइएको उनको श व आफन्तले फर्काएर वडा कार्यालयमा ल्याए। अनि उनीहरूले वि रोध प्रदर्शन गरे।

दा हसंस्कारअघि उनीहरूका माग छन्-मृ तक साहलाई नेपाली नागरिकता दिनुपर्ने, सबै दो षीलाई प क्राउ गरी मु द्दा चलाउनुपर्ने, मृ तकका दुई छोराको पालनपोषणको व्यवस्था गर्नुपर्ने। भारतीय नागरिक साह लामो समयदेखि पकडी गोठमा बस्दै आएका थिए।

सर्लाहीको विष्णु गाउँपालिकामा घ टना भएको थियो। घाटमा पुर्‍याइसकिएको श व राजनीति गर्ने उद्देश्यले वडा कार्यालयमा ल्याइएको गाउँपालिका अध्यक्ष जवाहरलाल राय यादवको भनाइ छ। ‘व्यक्ति-व्यक्तिबीचको वि वादमा भएको घ टना वडा कार्यालयमा पुर्‍याउनु नियोजित हो’, उनले भने।

घ टनाबारे छलफल गर्न पीडित पक्षलाई प्रहरी कार्यालयमा बोलाउँदा आइतबारसम्म नआएको एसपी गोपालचन्द्र भट्टराईले बताए। घटनामा संलग्न आ रोपित स्थानीय सन्तोष झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *