बहादुर सुस्मिता सुत्केरी भएको ७ घण्टामै परीक्षा दिन पुगिन ..

चितवन, भरतपुर महानगरपालिका ४ यज्ञपुरीकी सुस्मिता कडेँल नर्सिङ तेस्रो बर्षकी विद्यार्थी हुन् । कडेँलको बार्षिक परिक्षा कात्तिक २१ गते थियो । परिक्षाको तयारी गरेर बसेकी २३ बर्षिय कडेँल सोही दिन सुत्केरी भईन् । तर, उनले आफ्नो बर्ष भरि मेहेनत गरेर पढेको मौका गुमाउन चाहिनन् । सुस्मिता सुत्केरी भएको सात घण्टामा नै परिक्षा दिन तयार भईन् ।

बिहिबार दिउँसो ६ बजे सुस्मिता भरतपुर अस्पतालमा सुत्केरी भएकी थिईन् । नर्मल डेलिभरीमा उनले छोरीलाई जन्म दिएकी हुन् । सो दिन चिकित्सकले आराम गर्न उनलाई सल्लाह दिएका थिए । आराम भन्दा पनि परीक्षालाई प्राथमिकता दिएकी कंडेलले प्रेसिडेन्सी कलेज भरतपुरमा परीक्षा दिएकी थिईन् । उनले पहिलो वर्षको बाँकी रहेको विषयको परिक्षा दिएकी थिईन् । उनको पहिलो वर्षको परीक्षा विरामी भएपछि छुटेको थियो ।

श्रीमेडिकल कलेज स्याउली बजार हाकीमचोक चितवनमा बिएससी नर्सिङ अध्ययनरत कडेँलले यस अघिका परीक्षामा ७४ प्रतिशत माथि ल्याई उत्तीर्ण भएकी थिईन् । बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।यस्तो अवस्थामा परिक्षा नदिन घर परिवारले आग्रह गरेपनि नमानेको उनका श्रीमान रमेश सापकोटाले बताए । “हामीले अर्को वर्ष परीक्षा दिन आग्रह ग¥यौँ, तर उनले मानीनन्,” सापकोटाले भने, “हामीले उनको इच्छालाई स्वीकार गरि परीक्षा दिन सहयोग ग¥यौँ ।” कडेँलले विहान ६ बजे डेलिभरी भएपछि १२ बजे अस्पतालले डिस्जार्च गरिदिएको उनले बताए । एम्वुलेन्सबाट परीक्षा हलमा पुगेकी कडेँल साढे एक घण्टा सम्म परीक्षा दिन व्यस्त रहिन् । उक्त परिक्षा राम्रो भएको हलबाट निस्केपछि परिवारलाई जानकारी दिएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *