Home अन्य उपाधि जित्ने लक्ष्यका साथ माले आएको नेपाली जुनियर टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसक्दा तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो

उपाधि जित्ने लक्ष्यका साथ माले आएको नेपाली जुनियर टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसक्दा तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो

0
उपाधि जित्ने लक्ष्यका साथ माले आएको नेपाली जुनियर टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसक्दा तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो

८ साउन, माले । माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ ।

माले सिटीस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-१५, २५-१०, २५-१४ ले पराजित गरेको हो ।

उपाधि जित्ने लक्ष्यका साथ माले आएको नेपाली जुनियर टोलीले सोचे अनुसार प्रदर्शन गर्न नसक्दा तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो ।

चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले कुल ५ खेल खेल्दा जम्मा दुई खेल मात्र जित्यो । नेपालले माल्दिभ्सलाई दुई पटक पराजित गर्‍यो । तर कीर्गिस्तानसँग दुई पटक र श्रीलंकासँग एक पटक पराजित भयो ।

लिग चरणमा नेपाल पहिलो खेलमै श्रीलंकासँग भिड्दा ३-१ को सेटमा पराजित भएको थियो । त्यसपछि कीर्गिस्तान विरुद्ध ३-० को सेटमा पराजित भएको नेपालले माल्दिभ्सलाई ३-० कै सेटमा पराजित गरेको थियो ।

लिग चरणमा तेस्रो भएपछि नेपालले दोस्रो स्थानको कीर्गिस्तानसँग सेमिफाइनल खेलेको थियो । नेपाल सामु लिग चरणमा ब्यहोरेको हारको बदला लिने अवसर थियो । तर सेमिफाइनलमा कीर्गिस्तानसँग सोझो सेटमा पराजित हुँदा नेपाल फाइनल पुग्न असफल भएको थियो ।

युवा टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा अनुभव र एक्सपोजरको अभाव देखियो ।

मुख्य गरी रिसिभ, ब्लक र डिफेन्समा नेपालले राम्रो प्रदर्शन गर्न सकेन ।

नेपाली टिमका प्रशिक्षक अर्जुन घिमिरेेले यस प्रतियोगितामा नेपालले सोचे अनुसार प्रदर्शन गर्न नसकेको तर पहिलो प्रतियोगिता भएकोले धेरै कुरा सिक्ने अवसर भएको बताए ।

‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भएर खेलाडी हामी सबै उत्साहित थियाैँ । तर रिसिभ, डिफेन्स, ब्लकमा कमजोर हुँदा फाईनल पुग्न सकेनाैँ । पहिलो खेलमा हामीले श्रीलंकालाई हराउनुपर्ने थियो ।तर खेलाडीहरु सुरुमा नर्भस भए । कीर्गिस्तानको स्तर हामी भन्दा राम्रो देखियो ।’उनले भने ।

च्याम्पियनसिपको उपाधिका लागि मंगलबारै राती श्रीलंका र कीर्गिस्तानबीच फाइनल खेल हुँदैछ ।

श्रीलंका हालसम्म अपराजित छ भने कीर्गिस्तानले लिग चरणमा श्रीलंकासँग मात्र हार ब्यहोरेको थियो । श्रीलंका सोही लयलाई निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ भने कीर्गिस्तान हारको बदला लिने योजनामा छ ।